तेस्रो टी–२० खेलमा इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई डकवर्थ लुइस पद्धतिका आधारमा ७ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले इङ्ग्लिस बलरहरूको घातक बलिङसामु १६.५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र जोड्न सक्यो।

अस्ट्रेलियाका लागि साम हार्परले १४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक २६ रन, जेक फ्रेजर–म्याकगर्कले ११ बलमा २२ रन, निखिल चौधरीले १९ रन, मिचेल ओवेनले १७ रन तथा कप्तान मिचेल मार्शले ११ रन बनाए।

इङ्ग्ल्यान्डका जेमी ओभरटनले ४ ओभरमा १ मेडन राख्दै मात्र १२ रन खर्चेर ५ महत्वपूर्ण विकेट लिए भने लियाम डसनले ३ ओभरमा १६ रन दिएर ३ विकेट र साम करनले १ विकेट हात पारे।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा ९३ रनको संशोधित लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले आक्रामक ब्याटिङ गर्दै ४३ बल बाँकी छँदै ३ विकेट गुमाएर ९३ रन पूरा गर्दै सहज जित निकाल्यो। इङ्ग्ल्यान्डको जितमा जोर्डन कक्सले १४ बलमा ५ चौका र १ छक्कासहित अविजित ३३ रन तथा एनेउरिन डोनाल्डले १३ बलमा ५ चौका र १ छक्कासहित ३२ रनको विस्फोटक इनिङ्स खेले भने टम ब्यान्टन अविजित १० रनमा रहे।

अस्ट्रेलियाका बलर राइली मेरेडिथले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए पनि टोलीको हार टार्न भने सकेनन्। उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिनुका साथै २ क्याचसमेत लिएका इङ्ग्ल्यान्डका जेमी ओभरटन खेलको ुप्लेयर अफ द म्याचु घोषित भए।

यो जित सँगै ईङग्ल्याण्डले ५ खृलको श्रृङखलामा २१को अग्रता कायम गरेको छ ।