दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसामु जितका लागि १७८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको हो।

आर्मीको उच्च योगफलमा मध्यक्रमका ब्याटरहरूले महत्त्वपूर्ण योगदान दिए। टोलीका लागि कुशल मल्ल र कप्तान विनोद भण्डारीले समान ३६–३६ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशलले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने विनोदले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यस्तै, बसिर अहमदले २१ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए भने ओपनर तृतराज दासले मात्र ११ बलमा २ चौका र २ छक्काको मद्दतले २४ रन बनाए। तल्लो क्रमका ब्याटर दुर्गेश गुप्ताले ८ बलमा १ चौका र १ छक्कासहित अविजित १२ रन जोड्दा ओपनर अर्जुन साउदले ८ रन, पवन कार्कीले ७ रन, नरेश साउदले ५ रन र तिलक राज भण्डारीले अविजित १ रन बनाए।

बलिङतर्फ गण्डकी प्रदेशका कप्तान विपिन खत्री सर्वाधिक सफल बलर रहे । उनले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, सुदीप अर्यालले ४ ओभरमा २८ रन र कृष्ण पौडेलले ४ ओभरमा ५१ रन खर्चेर समान २–२ विकेट हात पारे। अपराजित पौडेलले ४ ओभरमा ३१ रन दिएर १ विकेट लिए ।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६