दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। खेलमा आर्मीले प्रस्तुत गरेको १७८ रनको बलियो लक्ष्य पछ्याएको गण्डकी प्रदेश १७ ओभरमा अलआउट हुँदै ११० रनमा समेटियो।

गण्डकीको इनिङ्स ध्वस्त पार्न आर्मीका बलर तिलकराज भण्डारीले घातक बलिङ गर्दै ३ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट हात पारे। यस्तै, नरेन साउदले ४ ओभरमा २३ रन दिएर २ विकेट र कुशल मल्लले १ विकेट लिए।

गण्डकीका लागि ओपनर ईश्वर क्षेत्रीले १५ बलमा ५ चौकासहित सर्वाधिक २६ रन जोडे भने सोहेल कुँवरले २२ रन, वंश क्षेत्रीले १६ रन र सिब्रिन श्रेष्ठले १२ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन्।
यसअघि टु हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। आर्मीका लागि कुशल मल्ल र कप्तान विनोद भण्डारीले समान ३६–३६ रन जोडे भने बसिर अहमदले २७ रन, ओपनर तृतराज दासले ११ बलमा २४ रन र दुर्गेश गुप्ताले अविजित १२ रनको योगदान दिए।
बलिङतर्फ गण्डकीका कप्तान विपिन खत्रीले ३ विकेट तथा सुदीप अर्याल र कृष्ण पौडेलले समान २–२ विकेट लिएका थिए।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६