दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ। वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३८ रन बनाएको हो।

आर्मीको बलियो योगफलमा ओपनर सम्झना खड्काले सानदार अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५८ बलमा १० चौकाको मद्दतले सर्वाधिक ६२ रन जोडिन्। मध्यक्रमकी ब्याटर यशोदा विष्टले ३९ बलमा ३ चौकासहित ३३ रन बनाउँदै सम्झनासँग महत्त्वपूर्ण साझेदारी गरिन्। आक्रामक ब्याटिङ गरेकी कविता कुँवरले मात्र ६ बलमा १ चौकासहित अविजित ११ रन जोड्दा विन्दु रावलले ७ रन र रुबी पोद्दारले ५ रन बनाए,

बलिङमा कर्णालीका बलरहरु रमा बुढाथोकी, गंगा खड्का, सोना चन्द र कप्तान किरण कुमारी कुँवरले समान १–१ विकेट हात पारे। रमा बुढाथोकीले ४ ओभरमा मात्र १४ रन र गंगा खड्काले ४ ओभरमा १९ रन खर्चेर निकै किफायती बलिङ गरे ।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६