दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत सञ्चालन भइरहेको महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशकी निरुता जीटी, लुम्बिनी प्रदेशकी नीतु थापा र सुदूरपश्चिम प्रदेशकी गौरी बोहराले अम्पायरिङको क्षेत्रमा दुर्लभ कीर्तिमान कायम गरेका छन्।

प्रतियोगितामा गण्डकी प्रदेशकी निरुता जीटीले राष्ट्रिय खेलकुदमा खेल खेलाउने सबैभन्दा कान्छी महिला अम्पायर बनेर इतिहास रचेकी छिन्। उनलाई अन्तराष्ट्रिय अम्पायर सन्जय गुरुङले अम्पायर क्याप हस्तान्तरण गरेका थिए । अम्पायर हुनुपुर्व निरुता जिटी जिल्ला स्तरमा स्याङ्जा र प्रदेशस्तरमा गण्डकी प्रदेशको लागि क्रिकेट खेल्ने गर्थिन ।

लुम्बिनी प्रदेशकी नीतु थापा र सुदूरपश्चिम प्रदेशकी गौरी बोहराले राष्ट्रिय खेलकुदमा खेल खेलाउने पहिलो महिला अम्पायर जोडी बनेर इतिहास रचेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित दसौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशकी नीतु थापा र सुदूरपश्चिम प्रदेशकी गौरी बोहराले अन फिल्ड अम्पायरको रुपमा मैदानमा उत्रिएका हुन्।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

सन् २००७ मा मलेसियामा आयोजना भएको एसिसी महिला प्रतियोगितामा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउँदा नीतु थापा नेपाली टोलीकी पहिलो उपकप्तान थिइन्। उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो। नीतुले सन् २००७ र २००९ को एसिसी महिला प्रतियोगिता लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकि थिईन। घरेलु क्रिकेटमा उनले लामो समय विभागीय टोली नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशका लागि खेलेकि थिईन ।

त्यस्तै गरि गौरि बोहाराले डडेल्धुरा जिल्लाको टोलीबाट प्रादेशिक प्रतियोगिता खेल्दै आफ्नो खेल जीवन सुरु गरेकी थिइन्। उनले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट पनि खेलेकि थिइन। उनले डडेल्धुरामा भएको यू–१६ पुरुष जिल्ला छनोट, बैतडीमा भएको यू–१६ पुरुष प्रादेशिक प्रतियोगिता र यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनले सफल अम्पायरिङ गरिसकेकी छिन्।