काठमाडौं – पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन्। उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै यो माइलस्टोन पुरा गरे।
उनी जारी लिगमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।
यसअघि कर्णाली याक्सका मार्क वाले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए।


