कास्की – कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतको खेलमा सांग्रिला क्रिकेट क्लब (एससीसी) ले एभरेष्ट क्रिकेट क्लब (ईसीसी) लाई ३२६ रनको विशाल अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको सांग्रिला सीसीले ४७.२ ओभरमा अलआउट ३७६ रनको विशाल जम्मा गरेको थियो। सिब्रिन श्रेष्ठले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै ७९ बलमा १२१ रनको शानदार शतक प्रहार गर्दै आफ्नो टोलीलाई कमाण्डिङ पोजिसनमा पुर्याएका थिए। उनलाई सञ्जय नेपालले ३४ र रिकेश गुप्ताले ३३ रन बनाएर राम्रो साथ दिए।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

बलिङतर्फ लेकसाइड सीसीका सृजन पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३७ रन दिएर ६ विकेट लिए। नियाज अहमद र युवराज ठाकुरले एक एक विकेट लिए।

३७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको एभरेष्ट सीसी १८.३ ओभरमा मात्र ५० रनमा ढलेको थियो। एभरेष्टका लागि धनुज यादवले सर्वाधिक १३ रन बनाए भने सचिन यादवले १० रन जोडे। बाँकी ब्याटिङ लाइनअपले प्रभाव पार्न सकेन।

राज परियारले ४.३ ओभरमा ९ रन दिएर ६ विकेट लिएर साङ्ग्रीलाका बलरहरूले इनिङ्सभर दबदबा बनाएका थिए। सञ्जय नेपालले २ विकेट लिए भने विपिन खत्रीले १ विकेट लिए।

उत्कृष्ट शतक प्रहार गर्ने सिब्रिन श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए।