काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पहिले बलिङको निम्तो दिइएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्द्र सिंहले टस जितेर नेपाललाई ब्याटिङमा पठाएका थिए।
नेपाल, युएई र ओमानबीच जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालको यो दोस्रो खेल हो। नेपालले आफ्नो पहिलो खेल युएईसँग जितेको थियो भने ओमानले पहिलो खेलमा युएईसँग पराजित भएको थियो।
आजको खेलमा नेपाल आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ।
नेपालको प्लेइङ इलेभेन: कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख, गुल्सन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने।


