काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको छ।
गुजरातले दिएको २३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६.३ ओभरमा १५२ रनमा अलआउट भयो।
राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए। त्यस्तै वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४ रन जोडे भने दसुन शनाकाले १६ र शुभम दुबेले १५ रन जोडे।
गुजरातका लागि राशिद खानले बलिङ गर्दै ४ विकेट लिए। जेसन होल्डरले तीन विकेट लिए भने कागिसो रबाडाले दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२९ रन बनाएको थियो।
शुभमन गिलले ८४ रनको प्रभावशाली इनिङ्सको नेतृत्व गरेका थिए भने साई सुदर्शनले ५५ रन बनाएर अर्धशतकीय पारी खेलेका थिए। वासिङ्टन सुन्दरले पनि ३७ रन जोडे।
राजस्थानका लागि बृजेश शर्माले २ विकेट लिए भने जडेजा र यश पुन्जाले एक एक विकेट लिए।
यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। हारपछि राजस्थान रोयल्स सोही खेलबाट १२ अंकसहित पाँचौं स्थानमा छ।


