नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले एकदिवसीय क्रिकेटमा पाँचौं अर्धशतक पूरा गरेका छन्। अगस्ट १, २०१८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ऐरीले अमेरिकाविरुद्ध आफ्नो ६३औं खेलमा अर्धशतक बनाएका थिए।
उनले मार्च २०२२ मा PNG विरुद्धको एकदिवसीय खेलमा पनि शतक बनाएका थिए। २०२४ मा एकदिवसीयमा रन बनाउन निकै संघर्ष गरेका ऐरीले यो अर्धशतक बनाएर आफू र टोलीलाई राहतको सास फेर्न मौका दिएका छन्। आइरीले विश्वकप क्रिकेट लिग २ को ८८ औं खेलमा अमेरिका विरुद्धको खेलमा यो सफलता हात पारेको हो।


