पोखरा – वाइवाई महिला यू–१९ गण्डकी प्रदेश स्तरीय छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पर्वत महिला यू–१९ टोलीले नवलपुरलाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको पर्वतले प्रभावशाली बलिङ प्रर्दशन गर्दै नवलपुरलाई १३.५ ओभरमा ४१ रनमा अलआउट गर्यो। नवलपुरका लागि निकिता कुँवरले सर्वाधिक ८ रन जोडिन् भने पूर्णिमा सुनारले ५ रन जोडिन्। सिमरन काफ्ले ४ रनमा अविजित रहिन्। नवलपुरले पनि एक्स्ट्रा मार्फत १८ रन पाएको थियो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

पर्वतका लागि जेनिशा शर्माले ४ ओभरमा ९ रन दिएर ५ विकेट लिएकी थिइन्। विपासा विकले २ विकेट लिए भने कृषा अखेली, प्रतिमा खड्का र जिविका क्षेत्रीले १/१ विकेट लिए।

४२ रनको मामूली लक्ष्य पछ्याएको पर्वतले १०.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्रतिमा खड्काले ११ रनमा अविजित रहिन् भने अन्जल अधिकारीले ८ रनको योगदान दिए। कृषा अखेली ४ रनमा नटआउट रहिन्।

 

नवलपुरका लागि आयुष्मा चापागाईले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन्। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेबापत पर्वतकी जेनिशा शर्मा प्लेयर अफ द म्याच घोषित भइन्।

प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको छ।