काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रुवाण्डामा आयोजना हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको घोषणा गरेको छ।
क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै छनोट भएका खेलाडीहरुको बारेमा जानकारी दिएको हो।
खेलाडीमा विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, पूजा महतो, इन्दु बर्मा, सीता राना मगर, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र राजमती ऐरी रहेका छन्।
त्यस्तै छनोट भएका अन्य खेलाडीमा मनिषा उपाध्याय, तृष्णा विक, कुसुम गोदार, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीण, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिशा यादव, यशोदा विष्ट, अन्जी पाठक र रमा बुढाथोकी रहेका छन्।


