नवलपरासी – फागुन १ देखि ५ (फागुन १३–१७) सम्म गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए। टोलीमा सात प्रदेशका सात र आयोजक टोलीमा नवजागरण ग्रामीण विकास केन्द्रको मेयर ११ रहेका छन्।
विजेता टोलीले रु तीन लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले रु दुई लाख पाउनेछ। प्लेयर अफ दि सिरिजले २५ हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र उत्कृष्ट विकेटकिपरले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


