काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास टी–२० खेल भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट इलेभेनसँग खेल्दैछ।

नेपाल र एमसीए प्रेसिडेन्ट इलेभेनबीचको खेल साँझ ६ः१५ बजे सीसीआई मैदानमा सुरु हुनेछ।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

भारत आउनुअघि नेपाली टोलीले श्रीलंकाको भ्रमण गरेको थियो, जहाँ उसले श्रीलंका ए विरुद्ध तीन अभ्यास खेल खेलेको थियो। पहिलो र दोस्रो खेलमा नेपालले हार व्यहोरे पनि तेस्रो खेलमा जित हासिल गरेको थियो।