काठमाडौं – क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

 

हङकङमा जारी छक्का प्रतियोगितामा नेपालको फाइनल खेलपछि शरदले यो घोषणा गरेका हुन्।

 

सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा उनी नेपालको टोलीमा थिए।

 

३७ वर्षिय खेलाडीले ४ ओडिआई र २० टी–२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गर्दै ६६ रन र एकदिवसीयमा २ विकेट लिएका छन् भने टी–२० मा ३२५ रन बनाएका छन्।