काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ। साविकको उपविजेता सुदूरपश्चिमले शनिबार रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरेको छ।

टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयर र कप्तानमा राखेको छ। साथै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याटिङ अलराउन्डर आरिफ शेख, फास्ट बलर अविनाश बोहरा, मध्यक्रमका ब्याट्सम्यान इशान पाण्डे र स्पिनर नरेन साउदलाई पनि राखिएको छ।

टोलीले खेलाडी अर्जुन कुमाल, नरेश बुढायर, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र बसन्त खत्रीलाई रिलिज गरेको छ।

पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टसँग पराजित भएको थियो।