काठमाडौं – चितवन राइनोजका रन्जित कुमारले पाँच विकेट लिएर नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको अपराजित यात्रा टुङ्ग्याएका छन्।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा अलआउट भयो। विराटनगरका लागि मर्चेन्ट डे लाङ्गले ३९ रन बनाए भने प्रतिश जीसीले ३० र साम ह्याजलेटले २२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्: लोकेश बमले ७, शुभम रञ्जनेले ६, नरेन भट्ट, जर्ज मुन्से र नारायण जोशीले ४/४ रन बनाए। बसिर अहमद र सूर्य तामाङ बिना गोल नै आउट भए।
चितवनका लागि रञ्जित कुमारले ५ विकेट लिएका साथै कमल सिंह ऐरीले २ विकेट लिए भने कप्तान कुशल मल्ल , सैफ जैब र सोहेल तन्वीरले १/१ विकेट लिए।
टस हारेर ब्याटिङमा पठाएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए भने डेभिड मिलनले १७, देव खनालले २७, सैफ जाइबले ३२ र दीपक बोहराले ५ रन बनाए।कप्तान कुशल मल्लले २० रन बनाएर अविजित रहे।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले २–२ विकेट लिए भने शुभम रञ्जानेले १ विकेट लिए।
यसअघि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले एनपीएलमा लगातार तीन खेल जितेको थियो। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले, काठमाडौं गोर्खासलाई ५ विकेटले र डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।


