काठमाडौं – इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।
सोमबार भएको खेलमा राजस्थानले चेन्नईलाई पराजित गर्दै दमदार सुरुवात गरेको हो। १२८ रनको मामूली लक्ष्य पछ्याएको राजस्थानले १२.१ ओभरमा १२८/२ रन बनाएको थियो।
राजस्थानका लागि ओपनर वैभव सूर्यवंशीले ५२ रनको उत्कृष्ट पारी खेले। उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर यशस्वी जैसवालले ३६ बलमा ३८ रन बनाए भने ध्रुव जुरेलले १८ रन बनाए।कप्तान रियान पराग १४ रनमा अविजित रहे।चेन्नईका लागि अंशुल कम्बोजले २ विकेट लिए।
यसअघि गुवाहाटीमा राजस्थानले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको चेन्नई १९.४ ओभरमा १२७ रनमा अलआउट भयो।
चेन्नईका लागि जेमी ओभरटनले ३६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए। कार्तिक शर्माले १८ रन जोडे भने सरफराज खानले १७ रन जोडे।
चेन्नईको सुरुवात खराब रह्यो, कप्तान रुतुराज गायकवाड र सञ्जु सामसनले पावरप्लेमा ६–६ रनमा गुमाए। म्याथ्यु सर्ट र आयुष म्हात्रे पनि सस्तोमा आउट भए।
चेन्नईले लगातार विकेट गुमायो र ठूलो स्कोर बनाउन असफल भयो। राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले २–२ विकेट लिए भने ब्रिजेश शर्मा, रवि बिश्नोई र सन्दीप शर्माले १–१ विकेट लिए।


