काठमाडौं – नेपाली क्रिकेट फ्यानमा परिचित नामका चर्चित प्रशिक्षक पुबुदु दासानायके नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

पुबुडुको प्रशिक्षणमा जनकपुर बोल्टले एनपीएलको पहिलो संस्करण जितेको थियो। विराटनगर किंग्सले उनीसँग औपचारिक रुपमा सम्झौता गरेको घोषणा गरेको छ।

एसोसिएट क्रिकेट सर्कलमा चर्चित पुबुडु हाल संयुक्त राज्य अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पनि छन्।