काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आज राजधानीमा दुई खेल हुँदैछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः४५ बजे पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज र दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ।
चार अंक जोडेको चितवन अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले मात्र दुई अंक जोड्न सकेको छ। तीन खेलबाट दुई अंक जोडेको कर्णाली पनि प्लेअफको आशा जीवित राख्न जितको दबाबमा छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा प्लेअफ पुग्ने उनको बाटो सहज हुनेछ।


