काठमाडौं – इन्डियन प्रिमियर लिग : गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै गुजरातले प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाएको छ।
नरेन्द्र मोदी स्टेडियममा मंगलबार भएको खेलमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै हैदराबाद १४.५ ओभरमा ८६ रनमा अलआउट भयो।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए। सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ र इशान किशनले ११ रन जोडे।
गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले ३–३ विकेट लिए। प्रसिद्ध कृष्णले २ विकेट लिए भने मोहम्मद सिराज र राशिद खानले १/१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनाएको थियो।
गुजरातका ओपनर साई सुदर्शनले ४४ बलमा ५ चौका र २ छक्का सहित ६१ रन बनाए। वासिङ्टन सुन्दरले ३३ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ५० रन जोडे। निशान्त सिन्धुले २२ रन बनाए भने जेसन होल्डर ११ रनमा अविजित रहे।
सुदर्शन र सुन्दरले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे।
हैदरावादका लागि प्रफुल हिङ्गे र साकिब हुसेनले २–२ विकेट लिए भने प्याट कमिन्सले १ विकेट लिए।
आफ्नो लगातार पाँचौं र समग्र आठौं जितसँगै गुजरात १२ खेलबाट १६ अंकमा झरेको छ। जितेको हैदरावाद समान अंकका खेलबाट १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।


