काठमाडौं – एसियाली खेलकुदको महिला छनोटमा नेपाली महिला टोलीले चीनलाई १९ रनले पराजित गरेको छ।
मलेसियाको बेयुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याउँदा चीन कमजोर बनेको हो। चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन जोडेको थियो।
चीनका लागि मिङ्ग्यु झुले सर्वाधिक ३० रन जोडिन्। वाङ हुइङले २१ रन जोडे भने वेई हाइटिङले १८ रन जोडे।
नेपालका लागि रिया शर्माले २ विकेट लिएकी थिइन्। मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो।
नेपालका लागि पूजा महतोले ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन्। रुवि पोद्दार २२ रनमा अविजित रहिन्।
चीनका लागि मा रुईकेले २ विकेट लिए भने वाङ हुइङ र जियापिङ लीले १/१ विकेट लिए।
नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ।


