काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ, जसमा ३८ पुरुष र २५ महिला खेलाडीलाई उनीहरूको प्रदर्शन र खेलकुदमा योगदानका आधारमा विभिन्न विधामा राखिएको छ।

 

पुरुषतर्फ राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ‘ए प्लस’ विधामा परेका छन्।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

 

‘ए’ वर्गमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन्।

 

त्यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा परेका छन्।

 

‘सी’ वर्गमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बशीर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह रहेका छन्।

 

विकास ‘डी’ वर्गमा त्रितराज दास, रसिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिस जिसी र सागर ढकाल रहेका छन्।

 

 

‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय छन् भने ‘सी’ श्रेणीमा इन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा परेका छन्।

 

क्यानका अनुसार पुरुष ए प्लस विधाका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ र ए श्रेणीका खेलाडीले १ लाख रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन्। बी, सी र डी श्रेणीका खेलाडीले क्रमशः रु ७५ हजार, रु ५५ हजार र रु ३५ हजार पाउनेछन्।

 

क्यानले महिला टोलीका लागि ए वर्गका लागि ५५ हजार, बी वर्गका लागि ४० हजार, सी समूहका लागि ३० हजार र विकास विकास श्रेणीका खेलाडीलाई २५ हजार रुपैयाँ मासिक तलब तोकेको छ।