काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ३९.१ ओभरमा १९४ रन बनाएको थियो।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ७३ रन बनाए। माइकल इन्ग्लिसले चार चौका र एक छक्काको मद्दतमा ५१ रन जोडे भने जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन जोडे।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।