काठमाडौं – आईसीसी विश्वकप लिग २ सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। नेपालले पहिले ब्याटिङ गरेको पूरा ओभरमा ७ विकेट गुमाएर २५६ रन बनाएको थियो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

नेपालका लागि आसिफ शेखले ९४ रनको योगदान दिए। अर्जुन कुमालले ४८, आरिफ शेख ४३, दीपेन्द्र सिंह ऐरीले ३३, गुलशन झा १७ रन बनाए भने कप्तान पौडेलले ९ रन बनाए भने विनोद भण्डारीले शून्य रनमा आउट भए।

जारी शृङ्खलामा नेपालले युएईविरुद्धको दुवै खेल जितेको छ भने पहिलो खेलमा ओमानसँग पराजित भएको छ। त्यस्तै ओमानले युएईसँग दुवै खेलमा हार बेहोरेको थियो तर पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो।

लिग २ मा नेपाल २३ खेलबाट १६ अंकसहित सातौं स्थानमा छ भने २७ खेलबाट ३१ अंक जोडेको ओमान तेस्रो स्थानमा छ।

नेपाल र ओमानले अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ८ पटक आमनेसामने गरेका छन्। ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ।

नेपाल आज जित निकाल्दै ओमानसँग बदला लिने लक्ष्यमा छ।