काठमाडौं – नटराजन साह आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि काठमाडौं गोरखाका ‘आइकोनिक प्लेयर’ छनोट भएका छन्।
टोलीको बुधबार आयोजित ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमपछि दाहिने हाते फास्ट बलरले उपाधि जितेका हुन्।
मुलपानीस्थित एक दिवसीय क्रिकेट एकेडेमीमा भएको कार्यक्रममा झण्डै एक हजार खेलाडीले आफ्नो कला प्रदर्शन गरेका थिए।
काठमाडौं गोरखाका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीको नेतृत्वमा रहेको छनोट समितिले दोस्रो चरणको मूल्याङ्कनका लागि ६० खेलाडी छनोट गरेको हो।


