पथरी – कोशी प्रदेशका क्रिकेटर मिनास थापाको सडक दुर्घटनामा मृत्यु भएको छ।
बुधबार राति विराटनगरस्थित एयरपोर्ट मोडमा मोटरसाइकलको पोलमा ठोक्किँदा थापा गम्भीर घाइते भएका थिए। दुर्घटनापछि स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्याएका थिए। तर उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
थापाको शव अहिले पोष्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ।
थापा कोशी प्रदेश क्रिकेट टोलीका सदस्य थिए र उनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता लगायत विभिन्न प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरेका थिए। उहाँ आफ्नो परिवारको एक्लो छोरा हुनुहुन्थ्यो।

