काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।

इडेन गार्डेनमा १८२ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम बलमा मुकुल चौधरीले २७ बलमा अविजित ५४ रन बनाएको थियो। उनको इनिङ्समा २ चौका र ७ छक्का समावेश थियो।

उनले आठौं विकेटका लागि अवेश खानसँग ३ बलमा १ रन जोडेर अविजित ५४ रनको साझेदारी गरे।

आयुष बडोनीले पनि ५४ रन बनाए। ओपनर मिचेल मार्स (१५) र एडेन मार्कराम (२२) सुरुमै आउट भए। कप्तान ऋषभ पन्तले मात्र १० रन बनाए। निकोलस पूरनले १३ रन बनाए भने अब्दुल समदले मात्र २ रन जोडे।

कोलकाताका लागि नवदीप सैनी र वैभव अरोराले ४ ओभरमा क्रमश ३२ र ३८ रन दिएर २/२ विकेट लिए। सुनिल नारायणले किफायती रहे, उनले ४ ओभरमा १३ रन दिएर १ विकेट लिए। कार्तिक त्यागी र क्यामरुन ग्रीनले १–१ विकेट लिए।

यो जितसँगै लखनउले तीन खेलमा दोस्रो जित हासिल गर्दै अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। जितविहीन रहेको कोलकाताले ४ खेलबाट १ अंक मात्र जोडेको छ र नवौं स्थानमा छ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। फिन एलेन ९ रन बनाएर आउट भएपनि उनका ओपनिङ पार्टनर तथा कप्तान अजिंक्य रहाणेले २४ बलमा ४ चौका र २ छक्का सहित ४१ रन बनाए।

अङ्क्रिश रघुवंशीले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए। रिंकु सिंहले ४ रन बनाए। क्यामरुन ग्रीन ३२ रनमा अविजित रहे भने रोभम्यान पावेलले अविजित ३९ रन जोडे।

लखनउका लागि राजकुमार यादव, मणिमारन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले विकेट लिए।