काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले चितवन राइनोजमाथि जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले १९.३ ओभरमा १४२ रन बनाएको थियो।
१४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रनमा मात्रै आउट भयो।
चितवनका लागि रवि बोपारा र देव खनालले २१/२१, सोहेल तन्वीरले १८, कमलसिंह ऐरीले ९, कुशल मल्लले ६, दाविद मालनले ७, अर्जुन साउदले २, सैफ जैबले १ र दीपक बोहराले शून्य रन बनाएका थिए।
काठमाडौंका लागि करण केसी, मिलिन्द कुमार, साहब आलम र सिड खानले २–२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए।
काठमाडौंका लागि जोन सिम्पसनले सर्वाधिक ६० रन बनाए। मिलिन्द कुमारले ३८ र बेन चार्ल्सवर्थ १३ रन जोडे। बाँकी दोहोरो अंकमा पुग्न सकेनन्: आदिल आलमले ८, राशिद खान र दिपेश कँडेलले ६/६, आकाश त्रिपाठीले ४, करण केसी १ र जेरार्ड इरास्मस र सन्तोष यादवले शून्य रन बनाए।
चितवनका लागि सोहेल तन्वीरले ४, रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ तथा रवि बोपाराले १ विकेट लिए।
त्यस्तै आजको दोस्रो खेलमा कर्णाली र विराटनगर भिड्दैछन्।


