काठमाडौं – अभिषेक शर्माको शतकको मद्दतले सनराइजर्स हैदरावादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ।

 

मंगलबार राति भएको खेलमा हैदरावादले दिल्लीलाई ४७ रनले पराजित गरेको हो। २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो।

 

दिल्लीका लागि नितिश रानाले सर्वाधिक ५७ रन बनाएका थिए भने समीर रिजभीले ४१ रन बनाएका थिए। केएल राहुलले ३७ र ट्रिस्टान स्टब्सले २७ रन जोडे। हैदराबादका लागि इशान मालिंगाले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। हर्ष दुबेले ३ विकेट लिए भने दिलशान मदुशंका र साकिब हुसेनले १/१ विकेट लिए।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले अभिषेक शर्माको अविजित शतकको मद्दतले २० ओभरमा २ विकेट गुमाएर २४२ रन बनाएको थियो। उनले ६८ बलमा १० चौका र १० छक्का प्रहार गर्दै १ सय ३५ रन बनाए।

 

हेनरिक क्लासेनले १३ बलमा अविजित ३७ रनको योगदान दिए। ट्राभिस हेडले २६ बलमा ३७ रन बनाए भने कप्तान इशान किशनले १३ बलमा २५ रन बनाए। दिल्लीका लागि कप्तान अक्षर पटेलले एक विकेट लिए भने अर्कोले रनआउट मार्फत विकेट लिए।

 

यो जितसँगै हैदरावाद ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने दिल्ली ६ खेलबाट ६ अंक जोडेर पाँचौं स्थानमा छ।