काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पहिलो जित हात पारेको छ। गएराति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई १ रनको नाटकीय अन्तरले पराजित गरेको हो।

दिल्लीलाई अन्तिम बलमा २ रन चाहिएको थियो तर त्यो पूरा गर्न सकेन, कुलदीप यादव रनआउट भए। डेभिड मिलरले २० बलमा ४१ रन बनाएर अविजित रहे।

 

२११ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २०९ रन मात्रै बनाउन सकेको थियो। ओपनर पाथुम निसान्का र केएल राहुलले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे। निसान्काले २४ बलमा ४१ रन बनाए भने राहुलले ५२ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रन बनाए। तर, उनीहरुको प्रयास जित सुनिश्चित गर्न पर्याप्त भएन।

यसअघि पहिले ब्याटिङको निम्तो पाएको गुजरातले ४ विकेट गुमाएर २१० रन बनाएको थियो। कप्तान शुभमन गिलले ४५ बलमा ७० रन बनाएर महत्वपूर्ण भूमिका खेले। जोस बटलरले २७ बलमा ५२ रनको योगदान दिए।

गिल र बटलरले दोस्रो विकेटका लागि ६० रन जोडे। पछि वासिङ्टन सुन्दरले पनि अर्धशतक बनाएर ३२ बलमा ६ चौका र २ छक्का सहित ५५ रन बनाए।

दिल्लीका लागि मुकेश कुमारले ५५ रनमा २ विकेट लिए।

प्रतियोगितामा दिल्लीको यो पहिलो हार हो भने गुजरातले अघिल्ला दुई खेलमा हार बेहोरेको थियो।