काठमाडौं- भारत र इङ्ल्यान्डबीचको पाँच खेलको टेष्ट शृंखला जुन २० बाट सुरु हुँदैछ। यो शृङ्खला २०२५–२७ आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (WTC) चक्रको हिस्सा हो।
यस सिरिजका लागि भारतीय टिमको कप्तानमा शुभमन गिल नियुक्त भएका छन्। रोहित शर्मा र विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि गिलको कप्तानको रूपमा यो पहिलो भ्रमण हुनेछ। यसैबीच, विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
भारतले रोहित र कोहली बिना टेस्ट सिरिज खेल्ने यो पहिलो पटक हो, जसले भारतीय क्रिकेटमा नयाँ युगको शुरुवातको संकेत गर्दछ।
यसैबीच, बीसीसीआईले आफ्नो आधिकारिक X (पहिले ट्विटर) खातामा एउटा भिडियो साझा गरेको छ, जसमा भारतीय खेलाडीहरू प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा अभ्यास गरिरहेको देखाइएको छ।

