झापा – नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा भारतको सिक्किम स्पोर्टिङ क्लब विजयी भएको छ।

नेपाल–भारत मैत्री संघ, कोशी प्रान्त समितिको आयोजनामा ​​भएको खेलमा सिक्किम स्पोर्टिङ क्लबले आफ्नो साथी भारतीय टोली डून हेरिटेज सिलगुडीलाई ८ विकेटले पराजित गर्दै सहज जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको सिलगढी निर्धारित २० ओभरमा ४७ रनमा अलआउट भयो। जवाफमा सिक्किमले 13.3 ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पछ्यायो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

सिलगढीका लागि ह्याप्पी सरकारले १५ रन बनाए। सिक्किमका लागि मारियन सुब्बाले प्रभावशाली बलिङ प्रदर्शन गर्दै ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन्।

ब्याटिङमा सिक्किमका लागि नन्दिता कुमारीले २१ रन र प्रमिला क्षेत्रीले १४ रन जोडिन्। मारियन सुब्बा उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए।

समूह चरणको अन्तिम खेल शुक्रबार मिलन क्रिकेट क्लब झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ। प्रतियोगिताको फाइनल शनिबार हुने नेपाल–भारत मैत्री संघ झापाका खेलकुद संयोजक गौरव सुब्बाले जानकारी दिए।