काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।
१९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन मात्र जोड्न सकेको थियो।
५ खेलमा दोस्रो जितसँगै चेन्नई एक स्थान माथि उक्ल्दै आठौं स्थानमा पुगेको छ। अर्कोतर्फ कोलकाताले पनि जित हासिल गर्न सकेको छैन र पाँच खेलमा चौथो हारका साथ १० टोलीको तालिकाको पुछारमा छ।
कोलकाताको सुरुवात राम्रो हुन सकेन। फिन एलेन मात्र १ रन बनाएर आउट भए। सुनिल नारायणले १७ बलमा २ चौका र २ छक्कासहित २४ रन, कप्तान अजिंक्य रहाणेले २२ बलमा २ छक्कासहित २८ रन, अङ्क्रिश रघुवंशीले १९ बलमा ३ चौका र १ छक्कासहित २७ र रिंकु सिंहले ६ रन जोडे।
क्यामरुन ग्रीनले खाता खोल्न सकेनन्। रमनदीप सिंहले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। रोभम्यान पावेलले २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे।
चेन्नईका लागि नूर अहमदले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। अंकुल कम्बोजले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो। ओपनर सञ्जु सामसनले ३२ बलमा ४ चौका र ३ छक्का सहित ४८ रन बनाए। कप्तान रुतुराज गायकवाड ७ रन बनाएर आउट भए।
आयुष म्हात्रेले १७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए। डेवाल्ड ब्रेभिसले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने सरफराज खानले १८ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडे।
शिवम दुबे (१२ बल १३ रन) र जेमी ओभरटन (६ बल ७) अविजित रहे।
कोलकाताका लागि कार्तिक त्यागीले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए भने वैभव अरोरा, अनुकुल रोय र सुनिल नारायणले १/१ विकेट लिए।


