काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छन्।

दास यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा क्रिकेट अपरेशन म्यानेजरका रुपमा कार्यरत थिए।

राष्ट्रिय टोलीका पूर्व कप्तानले सन् २००० को दशकमा नेपाललाई यू-१९ स्तरबाट सिनियर टोलीमा पुर्याएका थिए। उनले नेपाली यू-१९ पुरुष टोली र सिनियर महिला राष्ट्रिय टोली दुवैको जिम्मेवारी सम्हाल्दै प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन्।