काठमाडौं – नेपाली महिला क्रिकेट टोली तेस्रो स्थानका लागि भएको प्लेअफ खेलमा चीनसँग पराजित भएपछि एसियाली खेलकुदमा छनोट हुन असफल भएको छ।

वर्षाले प्रभावित खेलमा प्रतिपक्ष सात ओभरमा घटाएको खेलमा चीनले नेपाललाई पाँच विकेटले पराजित गरेको हो। ४३ रनको संशोधित लक्ष्य पछ्याउँदै चीनले ठीक सात ओभरमा नै लक्ष्य पूरा गर्‍यो। अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा चीनले बाउन्ड्री प्रहार गर्दै जित पक्का गरेको थियो।

यसअघि चीनले पहिलो ओभरमा १६ रन बनाएर बलियो सुरुवात गरेको थियो। तर, मध्य ओभरमा नेपालले प्रभावशाली पुनरागमन गर्दै चिनियाँ ब्याट्सम्यानलाई दबाबमा राख्यो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित सात ओभरमा पाँच विकेट गुमाएर ५० रन बनाएको थियो। कविता कुँवरले अविजित २२ रन बनाइन् भने कप्तान इन्दु बर्माले ११ रनको योगदान दिइन्।

यसअघि शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो। अर्को सेमिफाइनलमा थाइल्याण्डले चीनलाई हराउँदै एसियाली खेलकुदमा स्थान पक्का गरेको छ।

सेमिफाइनलमा पराजित भएपनि चीनले तेस्रो स्थानको प्लेअफमा नेपाललाई पराजित गर्दै एसियाली खेलकुदका लागि छनोट भएको हो।