काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार राति धर्मशालामा भएको खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको पञ्जाब किङ्सले लगातार पाँचौं हार बेहोरेको छ।
२०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर २०४ रनको लक्ष्य एक बल बाँकी रहँदै पूरा गर्यो।
मुम्बईका लागि तिलक वर्माले ६ चौका र ६ छक्का प्रहार गर्दै ३३ बलमा ७५ रनको खेल जित्ने अविजित खेल खेले। ओपनर रायन रिकेल्टनले २३ बलमा ४८ रनको योगदान दिए भने रोहित शर्माले २५ रन बनाए। शेर्फेन रुदरफोर्डले आउट हुनुअघि २० रन जोडे भने विल ज्याक्सले १० बलमा २५ रन बनाएर अविजित रहे।
पञ्जाबका लागि अजमातुल्लाह ओमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजभेन्द्र चहलले १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो। ओपनर प्रभसिमरन सिंहले ३२ बलमा ६ चौका र चार छक्का सहित सर्वाधिक ५७ रन बनाए। प्रियांश आर्यले २२, कुपर कोनोलीले २१ र अजमातुल्लाह ओमरजाईले ३८ रन जोडे। विष्णु विनोद १५ रनमा अविजित रहे भने जेभियर बार्टलेट १८ रनमा अविजित रहे।
मुम्बईका लागि शार्दुल ठाकुरले ४ विकेट लिए भने दीपक चाहरले २ विकेट लिए। बेभोन ज्याकब्स र राज अंगद बावाले एक एक विकेट लिए।
जितपछि पनि प्रतियोगिताबाट बाहिरिएको मुम्बई १२ खेलबाट ८ अंकसहित तालिकाको नवौं स्थानमा छ। पञ्जाब १२ खेलबाट १३ अंकसहित चौथो स्थानमा छ, तर आफ्नो सुरुवाती सात खेलमा अपराजित रहँदा लगातार पाँच पराजयपछि प्लेअफको आशा कमजोर भएको छ।


