भैरहवा – पञ्चकन्या रुपन्देही सुपर लिगअन्तर्गत आइतबार भएको ‘ए’ डिभिजनको खेलमा लुम्बिनी खुकुरी क्लबले शानदार जित हात पारेको छ। बर्षाले रोकिएको २० ओभरको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो।

 

८० रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी खुकुरीले १०.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उनको जितमा निश्चल चौधरीले अविजित २६, सन्दीप राजलीले अविजित २०, शंकर रानाले १५ र समीर अली मुस्लिमले १० रन जोडे। तिरुपतिका लागि तुलबहादुर थापाले २ विकेट लिए भने अपराजित पौडेलले १ विकेट लिए।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

 

यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तिरुपति क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र जोडेको थियो। बलिङतर्फ खुकुरीका लागि शाहब आलमले ३ विकेट लिए भने बैतुल्लाह खान र अजयकुमार चौहानले २/२ विकेट लिए। दुर्गेश गुप्ता र सेजाद आलम धोबीले १–१ विकेट लिए।

 

तिरुपतिका लागि आकाश त्रिपाठीले २७ रन र रौनक श्रीवास्तवले २४ रन जोडे पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा पुग्न सकेनन्। शाहब आलम प्लेयर अफ द म्याच घोषित भए र नगद १,२०० प्राप्त गरे।

 

रुपन्देही क्रिकेट संघको आयोजनामा ​​हुने प्रतियोगितामा बिजेता टोलीलाई एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्लेयर अफ दि सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन्। साथै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १,२०० प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए।

 

विजेताको पुरस्कार माउन्ट एभरेष्ट कठ्ठा मिलले प्रायोजन गरेको छ भने उपविजेतालाई बिके ज्वेलर्सले प्रायोजन गरेको छ। अन्य प्रायोजकहरूमा सिद्धार्थ चेम्बर अफ कमर्स, होटल स्टार हलिडे, स्थानीय खेलकुद उत्साही रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यापारी अमित कुमार गुप्ता छन्।