काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ।

 

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। जवाफमा नेपालले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर १२९ रनको लक्ष्य पछ्यायो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

 

नेपालका लागि कुशल भुर्तेलले ५७ बलमा १२ चौका र २ छक्का सहित अविजित ८४ रन बनाएका थिए। कुशल मल्लले १९ रनको योगदान दिए भने सन्तोष यादव १ रनमा आउट भए। कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २३ रन बनाएर टोलीलाई जित दिलाए।

 

युएईका लागि निलांस केसवानी र मोहम्मद अरफानले एक–एक विकेट लिए।

 

यसअघि युएईका लागि अलिशान शराफुले अविजित ५३ रन बनाए भने मोहम्मद अरफानले ३२ रन जोडे।

 

नेपालका लागि बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ६ रन दिएर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले १/१ विकेट लिए।

 

यो नतिजासँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा टुंगिएको छ भने अघिल्लो दिनको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।