काठमाडौं – जय ट्रफी इलाइट कपको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

मुलपानीको माथिल्लो मैदानमा जारी खेलको दोस्रो दिनको अन्त्यमा आर्मीले आफ्नो दोस्रो इनिङ्समा ९ विकेट गुमाएर १७८ रन बनाएको छ।

प्रहरीले बिहीबार जितको लक्ष्य पछ्याउने छ। पहिलो इनिङ्समा दुवै टोलीले समान रन बनाएका थिए। आर्मी पहिलो इनिङ्समा ५८.२ ओभरमा २२१ रनमा अलआउट भएको थियो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

आर्मीका लागि इमरान शेखले ५० रन बनाए। बलिङतर्फ रसिद खानले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले ३/३ विकेट लिए।

पुलिस पनि ६१.४ ओभरमा २२१ रनमा अलआउट भयो। उनीहरुले बुधबार दिनको सुरुवात ३ विकेटको क्षतिमा ४१ रन बनाएका थिए।

दिनेश खरेलले १७ र रेडिसले १५ रन जोडे। आरिफ शेख र करण केसीले पारीलाई स्थिर राखे। आरिफले ४४ रन बनाए भने करणले अविजित ७२ रन बनाए। सोमपाल कामीले ५ विकेट लिए।

बुधबार भएको दोस्रो इनिङ्समा आर्मीका कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन्।

आउट हुनुअघि इमरान शेखले १६, त्रितराज दासले २०, भीम सार्कीले ३२ र कुशल मल्लले ३६ रन बनाएका थिए। कप्तान विनोद भण्डारी १२ रन बनाएर आउट भए।

बसिर अहमदले खाता खोल्न सकेनन् भने शाहब आलमले ३३ रन जोडे। डिफेन्डिङ च्याम्पियन पुलिसका लागि सागर ढकाल, ललित र करणले समान ३–३ विकेट लिए।