काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले जे ट्रफी पुरुष एलिट कप २०२६ आयोजना गर्ने भएको छ।क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रतियोगिता कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा माघ १८ देखि माघ २९, २०८२ सम्म हुने भएको छ।
प्रतियोगितामा गत वर्षको प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ को सेमिफाइनलमा पुगेका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र वाग्मती प्रदेश क्रिकेट टोली रहेका छन्।
जे ट्रफी पुरुष एलिट कपले घरेलु क्रिकेटको स्तर उकास्न र राष्ट्रिय टोलीका लागि खेलाडी छनोटमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास क्यानले लिएको छ।


