पोखरा – पोखरामा जारी आमन्त्रण त्रिकोणात्मक शृङ्खलाको खेलमा सेन्ट्रल क्रिकेट एकेडेमी यू–१४ टोलीले सेन्ट्रल एक्सिलेन्स सेन्टर यू–१४ लाई ३१ रनले पराजित गरेको छ।
२० ओभरको खेलमा पहिले ब्याटिङ गरेको सेन्ट्रल क्रिकेट एकेडेमी यू–१४ ले ४ विकेटको क्षतिमा १२८ रन बनाएको थियो। १२९ रनको लक्ष्य पछ्याएको सेन्ट्रल एक्सेलेन्स सेन्टर यू–१४ १५.३ ओभरमा ९७ रनमा अलआउट भयो।
अनुशासित बलिङ र सन्तुलित ब्याटिङ प्रदर्शनका कारण सेन्ट्रल क्रिकेट एकेडेमी U-14 ले सुरुदेखि नै दबाब कायम राख्दै सहज जित दर्ता गरायो।


