काठमाडौं – कम्पनी चितवन राइनोजको आधिकारिक कनेक्टिभिटी पार्टनर बनेसँगै भायनेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म पुग्ने छ।

इन्टरनेट सेवा प्रदायक भायनेटले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टिम चितवन राइनोजसँग सहकार्य गरेको छ। भायनेटको कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शाहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख अपरेटिङ अफिसर डा आशिष खड्काले शुक्रबार एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडी हुन्।