काठमाडौं – नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेलाई बंगलादेश प्रिमियर लिग (बीपीएल)का लागि राजशाही वारियर्सले अनुबन्ध गरेको छ।

लामिछानेले क्लबको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै गौरव र सम्मानित भएको बताए।

सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया शेयर गर्दै उनले आफूले पाएको प्रार्थना, माया र अटल सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले बीपीएल जस्ता प्रतिष्ठित लिगमा सहभागिताले आफ्नो क्रिकेट यात्रामा थप हौसला र ऊर्जा दिएको र आगामी दिनमा बलियो प्रदर्शन गर्न प्रतिबद्ध रहेको बताए।

भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) मा, सन्दीप १७ विकेट लिएर सर्वाधिक विकेट लिने बलरको रुपमा उभिए र उत्कृष्ट बलर घोषित भए, उनको अवार्डको एक भागको रूपमा पल्सर मोटरसाइकल जित्यो।