काठमाडौं – पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा पठाएको पोखराले २ विकेट गुमाएर २०१ रन बनाएको थियो।
पोखराका लागि एडम रोसिङ्टनले सर्वाधिक १०८ रन बनाए भने धनञ्जय लक्षले अविजित २३ रन बनाए भने जेसन रोयले ४६ र कुशल भुर्तेलले १८ रन जोडे।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए।

