महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर वार्मअप खेलमा पपुवा न्युगिनीको रोमाञ्चक जित।

आईसीसी महिला T20 विश्वकप ग्लोबल क्वालिफायर 2026 को लागि आफ्नो पहिलो अभ्यास खेलमा, पपुवा न्यू गिनी महिला क्रिकेट टोलीले जिम्बाब्वे महिला क्रिकेट टोलीलाई 11 रनले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। जवाफमा जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर १२०/९ रन मात्र बनाउन सक्यो। अन्ततः पपुवा न्युगिनीले ११ रनले जित हात पारेको थियो।

पपुवा न्युगिनीका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दै टोलीलाई सम्मानजनक लक्ष्यमा पुर्याए। ओपनर कोनियो ओलाले ७१ रनको आक्रामक पारी खेले भने कप्तान ब्रेन्डाले पनि ३१ रनको योगदान दिए। तर, अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

जिम्बाब्वेको जवाफी ब्याटिङले प्रारम्भिक प्रतिवद्धता देखाएको थियो, तर साझेदारीमा निरन्तरता नहुँदा उनीहरू दबाबमा परे र पपुवा न्यू गिनीका बलरहरूले महत्वपूर्ण विकेट लिए। जिम्बाब्वेले अन्तिम ओभरसम्म संघर्ष गरे पनि जितका लागि पर्याप्त रन जोड्न सकेन। जिम्बाब्वेका चार खेलाडीले दोहोरो अंकमा रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। जिम्बावेका लागि जोसेफिनले सर्वाधिक ३२ रन बनाएकी थिइन्।

जिम्बाब्वेलाई १२० रनमा सीमित पार्दै पपुवा न्युगिनीका बलर हाने टाउ, सिबोना जिमी, इसाबेल र टोवाले क्रमशः ४, ३ र २ विकेट लिए।

यो खेल काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको थियो।

जनवरी १८ बाट नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर २०२६ मा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपमा खेल्ने अवसर पाउनेछन्।