काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।

 

मुलपानीमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा २०९ रन बनाएको थियो।

 

जवाफमा आर्मीले सहजै लक्ष्य पछ्याउँदै तीन विकेट गुमाएर ९६ बल बाँकी रहँदै जित हासिल गर्‍यो।

 

आर्मीको जितमा कुशल मल्लले ४३ रन बनाए। बलमा दुई विकेट लिएपछि उनी प्लेयर अफ द म्याच पनि घोषित भए।