काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको उद्घाटन खेलमा जनकपुर बोल्टले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
विराटनगर किंग्सले अहिलेसम्म तीन खेल खेलेको छ भने एउटा मात्रै जितेको छ। उनीहरु आजको चौथो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।
यसैबीच जनकपुर बोल्टले पनि तीन खेल खेलेको छ जसमा दुईमा जित र एकमा हार बेहोरेको छ। जनकपुरले आफ्नो जितको सिलसिलालाई लगातार तीन जितमा बढाउन खोजेको छ।


