काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्टबीच प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्।

विराटनगर किंग्सले अहिलेसम्म तीन खेल खेलेको छ भने एउटा मात्रै जितेको छ। उनीहरु आजको चौथो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।

यसैबीच जनकपुर बोल्टले पनि तीन खेल खेलेको छ जसमा दुईमा जित र एकमा हार बेहोरेको छ। उनीहरु लगातार तीन खेलमा आफ्नो जितको सिलसिला विस्तार गर्न खोज्नेछन्।

आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससँग साँझ ५ बजे खेल्नेछ।

लुम्बिनी लायन्स अपराजित रह्यो, आफ्ना दुई खेलमध्ये एउटामा जित हात पारेको थियो भने अर्को खेल वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए।

अर्कोतर्फ पोखरा एभेन्जर्सले दुई खेल खेल्दा पनि जित दर्ता गर्न सकेको छैन। दुवै खेल गुमाएपछि तेस्रो खेलमा पहिलो जित सुनिश्चित गर्ने दबाबमा हुनेछ।

सोमबार भएको खेलमा काठमाडौं गोर्खाले कर्णाली याक्सलाई हराएको थियो भने चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई हराएको थियो।