काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए भने विवेक यादवले १७ रनको योगदान दिए। डेभिड मलानले १६ रन बनाए भने अर्जुन साउद र सिकन्दर राजाले १५–१५ रन जोडे। टम टेलरले ६ रन बनाए।

सुदूरपश्चिम रोयल्सका लागि स्कट कुग्गेलिजनले २ विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी र अनिल खरेलले एक एक विकेट लिए।

खेल जित्न सुदूरपश्चिम रोयल्सलाई अब १३० रन आवश्यक छ।